सोमबार, भदौ १, २०८३

ट्राफिक प्रहरी घुससहित पक्राउ

धनुषाबाट एकजना ट्राफिक प्रहरी घुससहित पक्राउ परेका छन्। धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ट्राफिक प्रहरीका सई नविनकुमार झालाई घुससहित पक्राउ गरेको हो।
 |  सोमबार, मंसिर १६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १६, २०७६

जनकपुरधाम – धनुषाबाट एकजना ट्राफिक प्रहरी घुससहित पक्राउ परेका छन्। धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ट्राफिक प्रहरीका सई नविनकुमार झालाई घुससहित पक्राउ गरेको हो।

ट्रिपर चालकसँग एक हजार घुस लिइरहेको अवस्थामा अख्तियारको बर्दिवास कार्यालयबाट पुगेको टोलीले झालाई नियन्त्रणमा लिएको हो। ढुंगा तथा गिट्टी ढुवानीमा सहज गरिदिने भन्दै सई झाले ट्रिपर चालकसँग रुपैयाँ लिँदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ।

ट्रिपर चालकसंग पटक–पटक पैसा माग्ने गरेपछि झाविरुद्ध अख्तियारको कार्यालयमा उजुरी परेको थियो। सोही उजुरीको आधारमा अख्तियारको टोलीले अनुगमनगर्दा उनी घुससहित पक्राउ परेका हुन्। झालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित: Dec 02, 2019| 10:12 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।