बिहीबार, असार ३२, २०८३

आफ्नै रेकर्ड तोडेको हेर्ने लाराको सपना भएन पुरा

पाकिस्तानसँगको टेष्ट म्याचमा अष्ट्रेलियाका डेविड वार्नर इतिहास रच्नबाट केही पर रहेपछि वेस्टइन्डिजका पूर्वक्रिकेटर ब्रायन लाराले दुःख व्यक्त गरेका छन्।
 |  सोमबार, मंसिर १६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १६, २०७६

काठमाडौं – पाकिस्तानसँगको टेष्ट म्याचमा अष्ट्रेलियाका डेविड वार्नर इतिहास रच्नबाट केही पर रहेपछि वेस्टइन्डिजका पूर्वक्रिकेटर ब्रायन लाराले दुःख व्यक्त गरेका छन्। टेस्ट क्रिकेटमा लाराले एकै पारीमा सर्वाधिक ४०० रन बनाउने किर्तिमान राखेका छन्। यो किर्तिमान हालसम्म कसैले तोड्न सकेको छैन। तर वार्नर उक्त रेकर्ड तोड्न नजिक पुगिसकेका बेला अष्ट्रेलियाका कप्तान टिम पाइनले पारी समाप्तिको घोषणा गरिदिए।

यो देखेर खेल भइरहेको स्थल एडिलेडमै रहेका लाराले दुःख प्रकट गरे। उनी आफ्नो रेकर्ड टुटेको हेर्न व्यग्र प्रतिक्षामा थिए। तर कप्तान पाइनले गरेको निर्णयमा उनले निराशा व्यक्त गरे। वार्नर ३ सय ३५ रन बनाइ रेकर्डतर्फ उन्मुख भैरहेका थिए तर, कप्तान पाइनले पारी समाप्तिको घोषणा गर्दा लारा मात्र नभइ उनका समर्थकहरु पनि निराश बन्न पुगे।

पाकिस्तानविरुद्धको दोस्रो टेष्ट अष्ट्रेलियाले एक इनिङ र ४८ रनले जितेको छ। यसअघिको पहिलो टेष्ट पनि अष्ट्रेलियाले एक इनिङ र ५ रनले जितेको थियो। जसमा वार्नरले १ सय ५४ रन बनाएका थिए।

प्रकाशित: Dec 02, 2019| 09:22 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।