बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • क्रिकेटमा अञ्जलीको कीर्तिमान, नेपालद्वारा माल्दिभ्स १० विकेटले पराजित

क्रिकेटमा अञ्जलीको कीर्तिमान, नेपालद्वारा माल्दिभ्स १० विकेटले पराजित

नेपाली महिला क्रिकेट टोलीकी तीव्र गतिकी वलर अञ्जली चन्दले टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा विश्व कीर्तिमान बनाएकी छन्।
 |  सोमबार, मंसिर १६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १६, २०७६

काठमाडौं- नेपाली महिला क्रिकेट टोलीकी तीव्र गतिकी वलर अञ्जली चन्दले टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा विश्व कीर्तिमान बनाएकी छन्।

१३औं सागअन्तर्गत महिला क्रिकेटमा माल्दिभ्सविरुद्धको खेलमा २.१ ओभरमा २ मेडनसहित बिनारन ६ विकेट लिएर अञ्जलीले कीर्तिमान बनाएकी हुन्।

यसअघि मलेसियाकी आस अलिसाले ४ ओभरमा १ मेडनसहित ३ रन खर्चेर ६ विकेट लिएकी थिइन्। अञ्जलीले ९ औं ओभरको पाँचाैँ र छैटाैँ तथा ११औं ओभरको पहिलो वलमा विकेट लिँदै ह्याट्रिक पूरा गरेकी हुन्।

उनले चार खेलाडीलाई क्याच आउट र दुई खेलाडीलाई वोल्ड आउट गरेकी छिन्।

अञ्जलीको राम्रो प्रदर्शनकै काराणले माल्दिभ्स १०.१ ओभरमा १६ रनमा अलआउट भएको छ।

माल्दिभ्सका ९ खेलाडीले खाता नै खोल्न सकेनन्।

माल्दिभ्सकी हफ्सा अफ्सा अब्दुल्लाले ४ र हामना नियाजले ९ रन बनाए। माल्दिभ्सविरुद्ध करुणा भण्डारीले दुई विकेट लिइन्।

माल्दिभ्सले दिएको १७ रनको लक्ष्य नेपालले ५ बलमा विना विकेटको क्षतिमा पूरा गर्यो। अब नेपालले डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग खेल्नेछ। शीर्ष दुई टोलीले स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: Dec 02, 2019| 07:12 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।