सोमबार, भदौ १, २०८३

साग : नेपाललाई पाँच स्वर्ण, दुई रजत र एक कास्य

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले पाँच वटा स्वर्ण पदक जितेको छ।
 |  सोमबार, मंसिर १६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १६, २०७६

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले पाँच वटा स्वर्ण पदक जितेको छ।

कराँतेका मन्डेकाजी श्रेष्ठले एकल काता (पुरुष)मा पहिलो स्वर्ण जिताएका छन्।

यस्तै पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले ट्राथोलनमा दोस्रो स्वर्ण पदक दिलाएकी हुन्। गौरी घाटबाट सुरु भएको ट्रायथोलनमा खेलाडीहरुले ७५० मिटर पौडी, २० किलोमिटर साइकल र ५ किलोमिटर दौड पूरा गरेका थिए ।

ट्रयाथोलन (पुरुष)मा भने भारतले स्वर्ण र रजत पदक जितेको छ। नेपालले रजत पदकमा चित्त बुझाएको छ।

प्रतियोगिता महिला तथा पुरुष दुवै विधामा हुँदैछ । प्रतियोगितामा नेपाल, भारत र श्रीलका सहभागी छन् ।

यस्तै तोक्वान्दोमा कमल श्रेष्ठले तेस्रो स्वर्ण दिलाएका हुन्। तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा श्रीलंका र भारतका खेलाडीलाई पछि पारेका हुन्।

उनले ८.२७० अंक जोडे । ८.२०० अंक जोडेका भारतीय खेलाडीले कास्य जित्दा ८.१५० अंक जोडेका श्रीलंकाली खेलाडी कास्यमा चित्त बुझाएका छन्।

त्यस्तै तेक्वान्दोमा नेपालका गोविन्द बहादुर आलेले स्वर्ण पदक जितेका छन् । गोविन्दले पुम्सेको ५८ केजीमा स्वर्ण जितेका हुन् ।

कराँतेको महिला टिम कातामा पनि नेपाललाई स्वर्ण पदक प्राप्त भएको छ। निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले नेपाललाई स्वर्ण दिलाएको हो। नेपालको स्कोर २४.८८ रह्यो। रजतमा चित्त बुझाएको पाकिस्तानको २३.३ अंक बनाएको छ ।

यो सँगै नेपालको पाँच स्वर्ण, दुई रजत र एक कास्य पदक भएको छ।

 

प्रकाशित: Dec 02, 2019| 06:30 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।