मंगलबार, भदौ २, २०८३

'छाउपडी मुक्त' साफेबगरमा छाउगोठमा महिलाको मृत्यु

अछामको साफेबगरमा छाउ गोठमा रहेकी एक महिलाको ज्यान गएको छ।
 |  सोमबार, मंसिर १६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १६, २०७६

काठमाडौं– अछामको साफेबगरमा छाउ गोठमा रहेकी एक महिलाको ज्यान गएको छ।

साफेबगर नगरपालिका-३ सिद्देश्वरकी २१ वर्षीया पार्वती रावतको गोठमा सुतिरहेका बेला आईतवार राति ज्यान गएको हो।

गोठमा एक्लै सुतेकी पार्वती बिहान अवेरसम्म बाहिर नआएपछि परिवारले ढोकाखोलेर हेर्दा मृत अवस्थामा भेटिएको वडा अध्यक्ष कृष्ण बहादुर बुढाले जानकारी दिए।

मृतकका पति करन रावत रोजगारीका क्रममा भारतमा छन् ।

इलाका प्रहरी कार्यालय साफेबगरका प्रहरी निरीक्षक नरपती भट्टले मृतकको शरीरमा वाहिरी चोटपटक केही नदेखिएको र थप अनुसन्धान भैरहेको बताए।

नगरपालिकाले साफेबगरलाई छाउपडी मुक्तक्षेत्र घोषणा गरेको छ।

अछाममामात्रै पछिल्लो एक दशकमा छाउ गोठमा १५ जना महिलाको ज्यान गइसकेको छ।

प्रकाशित: Dec 02, 2019| 05:47 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।