सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धरानमा कांग्रेसले तोड्यो लालकिल्ला, २७९५ मतान्तरले तिलक विजयी

धरानमा कांग्रेसले तोड्यो लालकिल्ला, २७९५ मतान्तरले तिलक विजयी

 |  सोमबार, मंसिर १६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १६, २०७६

इटहरी - सुनसरीको धरान उपमहानगरपालिकाकाे मेयरमा पहिलोपटक कांग्रेस उम्मेदवार विजयी भएका छन्।

२०४८ पछिका सबै स्थानीय तह निर्वाचनमा वामपन्थी दलले जित्दै आएको धरानमा यसपटक कांग्रेस उम्मेदवार तिलक राई नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७९५ मतान्तरले जितेका हुन्।

तिलक २६ हजार ७०९ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३ हजार ९ १४ मत ल्याएका छन्।

काङ्ग्रेस उम्मेदवार तिलक २०७४ असार १४ को स्थानीय चुनावमा भने तत्कालीन नेकपा उमेदवार तारा सुब्बासँग ४ हजार ८ सय ७३ मतले पराजित भएका थिए।

२० हजार ९ सय ७५ मत ल्याएर तारा सुब्बा विजयी हुँदा तिलक राईको मत १६ हजार १ सय २ मात्रै आएको थियो। ताराको निधन भएपछि धरानमा उपनिर्वाचन भएको हो ।

प्रकाशित: Dec 02, 2019| 05:04 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।