बिहीबार, असार ३२, २०८३

१३ औं साग : आज १२ खेलमा प्रतिस्पर्धा

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत सोमबार १२ खेलमा प्रतिस्पर्धा हुँदैछ।
 |  सोमबार, मंसिर १६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १६, २०७६

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत सोमबार १२ खेलमा प्रतिस्पर्धा हुँदैछ।

सागको दोस्रो दिन आज तेक्वान्दो, कराँते, पुरुष फुटबल, ब्याडमिन्टन, भलिबल, खो खो, महिला क्रिकेट, टेबल टेनिस, टेनिस, गल्फ, ट्रायथलन र उसुमा प्रतिस्पर्धा हुन लागेको हो। यीमध्ये ब्याडमिन्टन, महिला क्रिकेट र ट्रायथलन पोखरामा तथा बाँकी खेल काठमाडौंमा हुनेछन्।

तेक्वान्दो, कराँते, ब्याडमिन्टन र ट्रायथलनमा स्वर्णको छिनोफानो आजै हुनेछ।

राजधानीको दशरथ रंगशालामा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी सागको उद्घाटन गरेकी थिइन्।

सागमा आयोजक नेपालसहित भारत, माल्दिभ्स, श्रीलंका, बंगलादेश, भुटान र पाकिस्तान सहभागी छन्।

 

प्रकाशित: Dec 02, 2019| 04:18 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।