सोमबार, भदौ १, २०८३

भालुले प्रहरीलाई लखेटेपछि‍...

ब्यारेकको खानेपानी व्यवस्थापन गर्न काममा खटिएका दुई सशस्त्र प्रहरी भालुको आक्रमणबाट घाइते भएका छन्।
 |  सोमबार, मंसिर १६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १६, २०७६

रसुवा- ब्यारेकको खानेपानी व्यवस्थापन गर्न काममा खटिएका दुई सशस्त्र प्रहरी भालुको आक्रमणबाट घाइते भएका छन्।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार घाइते हुनेमा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा एवं राजश्वगस्ती २१ नम्बर गुल्म तिमुरेमा कार्यरत सहायक हवल्दार वीरबहादुर थिङ र प्रहरी जवान किरण तामाङ रहेका छन्।

आक्रमणमा पर्ने रसुवा, नौकुण्ड गाउँपालिका-४ स्थायी घर भएका सहायक हवल्दार थिङको टाउकोमा गम्भीर चोट लागेको छ भने नुवाकोट, सूर्यगढी गाउँपालिका-१ घर भएका प्रहरी जवान तामाङको अवस्था सामान्य रहेको बताइएको छ।

रातको समयमा हेलिकप्टर आउन नसक्ने भएका कारण एम्बुलेन्सद्वारा उपचारार्थ काठमाडौं पठाइएको प्रजिअ भण्डारीले जानकारी दिए।

रासस

प्रकाशित: Dec 02, 2019| 03:59 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।