सोमबार, भदौ १, २०८३

धरानमा कांग्रेस जित नजिक, विजय जुलुसको तयारी

सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाली काङ्ग्रेस जित नजिक पुगेको छ । ३ हजार १ सय ४६ मत ...
 |  सोमबार, मंसिर १६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १६, २०७६

इटहरी- सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाली काङ्ग्रेस जित नजिक पुगेको छ ।

३ हजार १ सय ४६ मत गन्न बाँकी हुँदा काङ्ग्रेसले १ हजार ६ सय ३७ मतले अगाडि देखिएको छ। २० वडा भएको धरानमा १८ वडा गनिसक्दा नेपाली काङ्ग्रेसका उमेदवार तिलक राईले २४ हजार ६ सय ५१ ल्याएका छन् भने नेकपाका उमेदवार प्रकाश राईले २३ हजार १४ मत ल्याएका छन्।

१ हजार ३ सय ३१ मत खसेको वडा नम्बर ७ र २ हजार ८ सय १५ मत खसेको वडा नम्बर १ को मत गणना हुँदैछ। कांग्रेसका कार्यकर्ता भने विजय जुलुस निकाल्ने तयारीमा जुटेका छन् ।

२०४८ सालको स्थानीय चुनाव देखी निरन्तर कम्युनिस्टले जित्दै आएको धरानमा पहिलोपटक काङ्ग्रेसले जित्ने देखिएको छ।

काङ्ग्रेस उम्मेदवार तिलक राईले २०७४ असार १४ को स्थानीय चुनावमा भने तत्कालीन नेकपा उमेदवार तारा सुब्बासँग ४ हजार ८ सय ७३ मतले पराजित भएका थिए। २० हजार ९ सय ७५ मत ल्याएर तारा सुब्बा विजयी हुँदा तिलक राईको मत १६ हजार १ सय २ मात्रै आएको थियो।

प्रकाशित: Dec 02, 2019| 02:56 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।