मंगलबार, भदौ २, २०८३

कांग्रेस गढ फाल्गुनन्द गाउँपालिकामा नेकपा विजयी

नेपाली कांग्रेसको गढ मानिने पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन् ।
 |  सोमबार, मंसिर १६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १६, २०७६

पाँचथर- नेपाली कांग्रेसको गढ क्षेत्रका रुपमा चिनिएको पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसका उम्मेदवार वृजहाङ आङदेम्बेलाई ८०६ मतको अन्तरले पराजित गर्दै नेकपाका उम्मेदवार वीरबहादुर कुरुम्बाङ विजयी भएका हुन् ।

आइतबार राति सम्पन्न मतपरिणाम अनुसार कुरुम्बाङले ५३६९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका आङदेम्बेले ४५६३ मत प्राप्त गरे ।

समाजवादी पार्टीकी विमला आङदेम्बेले ३२०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितेन चेम्जोङले २४०, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुसुहाङ चेम्जोङले २८, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का मोतिप्रसाद आङदेम्बेले ७५, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङले २८, मंगोल नेशनल अर्गनाइजेसनका उदय सुनुवारले १२ मत प्राप्त गरेका छन् ।

गाँउपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि मंसिर १४ गते उपनिर्वाचन भएको हो ।

प्रकाशित: Dec 02, 2019| 02:50 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।