सोमबार, भदौ १, २०८३

दाङ ३ 'ख' मा नेकपाले जोगायो साख, विमला खत्री विजयी

देशसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ख मा नेकपाका उम्मेदवार विमलाकुमारी खत्री विजयी भएकी छन्।
 |  सोमबार, मंसिर १६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १६, २०७६

दाङ- प्रदेशसभा सदस्यका लागि भएको उप निर्वाचन अन्तर्गत दाङ क्षेत्रनम्बर ३ को ख मा नेकपाका उम्मेदवार बिमलाकुमारी खत्री विजयी भएकी छन्।

कांग्रेस उम्मेदवार केशवराज शर्मालाई  ५ हजार १ सय ४ मतले पराजित गर्दे बिमला विजयी भएकी हुन् ।

नेकपाकी उम्मेदवार विमलाले २४ हजार २८६ मत ल्याउदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शर्माले १९ हजार १८२ मत पाएका छन्।

यसैगरी साझा पार्टीका उम्मेदवार शिवकुमार चौधरीले २६६ मत प्राप्त गर्दा राप्रपाका भूपाल रावतले २२५ र समाजवादीका डिल्लीबहादुर डाँगीले १५४ मत पाएका छन्। दाङ ३ ख मा ६८ हजार ७ सय १९ मतदाता मध्ये ४५ हजार ७ सय १८ मत खसेको थियो। ७ सय ९७ मत बदर भएको छ।

यो क्षेत्रमा ०७४ सालको चुनावमा तत्कालिन एमालेका उत्तरकुमार ओली २३ हजार ९७० मत ल्याएर विजयी भएका थिए। त्यतिबेला कांग्रेसले १७ हजार ५३५ मत ल्याएको थियो। ओलीको मृत्यु भएपछि यो क्षेत्रमा उपनिर्वाचन भएको हो ।

 

प्रकाशित: Dec 02, 2019| 01:52 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।