सोमबार, भदौ १, २०८३

बागलुङ २ 'ख' मा बाम गठबन्धनबाट शाही विजयी

प्रदेशसभा सदस्यका लागि भएको उप निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ मा बाम गठबन्धन विजयी भएको छ।
 |  सोमबार, मंसिर १६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १६, २०७६

बागलुङ- प्रदेशसभा सदस्यका लागि भएको उप निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ मा बाम गठबन्धन विजयी भएको छ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको समर्थन पाएको राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमबिक्रम शाही नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचनलाई २ हजार ९७ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।

विजयी शाहीले ११ हजार २ सय ३५ मत प्राप्त गरेका छन् भने शेरचनले ९ हजार १ सय ३८ मत प्राप्त गरे । यस्तै समाजवादी पार्टीका अशोक कुमार बिकले ३ सय १६ मत प्राप्त गरे । नेकपाबाट बागी उम्मेदवार रहेको स्वतन्त्र उम्मेदवार शेरमान घर्तीको क्लिप चिन्हमा ९५ मत परेको छ ।

यसैगरि, मंगोल नेशनल अर्गनाईजेशनका मित्र बहादुर मगरले ४५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले २८, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले ३६, संघीय राष्ट्रिय लोकतान्त्रीक मञ्चका अनिल कुमार राईले ८, राष्ट्रिय जनमुक्ति पार्टीका याम बहादुर आलेले ३३ र राप्रपाका गणेश बहादुर कुँवरले ३७ मत प्राप्त गरेका छन् ।

आठ राजनीतिक दल र दुई स्वतन्त्र गरि १० उम्मेदवार चुनावी मैदानमा थिए । कुल ३५ हजार १ सय ८४ मतदाता रहेको यो क्षेत्रमा २१ हजार ३ सय ९६ अर्थात ६१ प्रतिशत मत खसेको थियो । जस मध्ये ४ सय २५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिए ।

यस क्षेत्रमा २०७४ को निर्वाचनमा पनि साविकको नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती ११,८ ८४ मत प्राप्त गरी विजयी भएका थिए। सांसद घर्तीको असामयिक निधन भएपछि यस क्षेत्रमा उप निर्वाचन भएको हो।

प्रकाशित: Dec 02, 2019| 01:24 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।