सोमबार, भदौ १, २०८३

धरानमा कांग्रेस उम्मेदवार ७ सय मतले अगाडि

उपनिर्वाचन अन्तर्गत सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले मतान्तर बढाउँदै गएका छन्।
 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

सुनसरी- उपनिर्वाचन अन्तर्गत सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले मतान्तर बढाउँदै गएका छन्।

८ बजेसम्मको मतगणनामा कांग्रेस उम्मेदवार तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईको भन्दा ७ सय ७ मत बढी प्राप्त गरेका छन्।

कांग्रेसका तिलक राईले ११ हजार ८ सय २७ मत प्राप्त गर्दा नेकपाका प्रकाश राईले ११ हजार १ सय २० मत प्राप्त गरेका छन्।

त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बरबहादुर लिम्वुले ५९०, तथा समाजवादीका गजेन्द्रबहादुर लिम्वुले ३९३ मत प्राप्त गरेका छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवार हर्कराज राईले २२२ र राप्रपाका रोशन विकले ७७ मत प्राप्त गरेका छन्।

यसअघि धरान उपमहानगरपालिकामा तत्कालिन एमालेका तारा सुब्बा विजयी भएका थिए।

प्रकाशित: Dec 01, 2019| 14:49 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।