बिहीबार, असार ३२, २०८३

दीपकको प्रस्तुतिसँगै सकियो साग उद्घाटन समारोह

१३ औँ दक्षिण एसियाली खेलकुद सागको उद्घाटन समारोह भव्यरुपमा सम्पन्न भएको छ।
 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

काठमाडौं- १३ औँ दक्षिण एसियाली खेलकुद सागको उद्घाटन समारोह भव्यरुपमा सम्पन्न भएको छ। आइतबार साँझ ५ बजे सुरु भएको उद्घाटन समारोह करिब ३ घण्टा चलेको थियो।

उद्घाटन समारोहमा अन्तिम प्रस्तुति गायक दीपक ब्रजाचार्यसहितका कलाकारको रहेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको समारोहमा करिब १५ हजार कलाकारले प्रस्तुति दिएका छन्।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालगायत विशिष्ट व्यक्तिहरु सहभागी भएका थिए।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समारोहमा विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो।

नेपाली सेना, सशस्त्र प्रहरी लगायतको प्रस्तुति रहेको थियो भने आतिसबाजी तथा डिजिटल प्रस्तुतिले समारोहलाई मनमोहक बनाएको थियो।

प्रकाशित: Dec 01, 2019| 14:20 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।