आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीका मन्त्री र सचिवले अबको तीन महिना बिदा नपाउने

कर्णालीका मन्त्री र सचिवले अबको तीन महिना बिदा नपाउने

कर्णाली प्रदेशका मन्त्री र सचिवले अबको तीन महिना (फागुनसम्म) बिदा नपाउने भएका छन्।
 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

सुर्खेत- कर्णाली प्रदेशका मन्त्री र सचिवले अबको तीन महिना (फागुनसम्म) बिदा नपाउने भएका छन्।

प्रदेश सरकारको प्रथम चौमासिक सन्तोषजनक नभएपछि सबै मन्त्री र सचिवहरुले तीन महिना बिदा नबसेर काममा खटिनुपर्ने भएको छ।

बजेट कार्यान्वयनका लागि अबको ३ महिना महत्वपूर्ण भएको निष्कर्ष निकाल्दै सरकारले मन्त्री र सचिवलाई तीन महिनासम्म बिदा नदिने भएको हो।

प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री तथा सचिवलाई अबको ती महिना कतै पनि नजान निर्देशन दिए।

‘अबको तीन महिना बजेट कार्यान्वयनका लागि महत्वपूर्ण समय हो’, मुख्यमन्त्री शाहीले मन्त्री र सचिवहरुलाई सम्बोधन गर्दै भने ‘सरकार सफल हुन र प्रदेशको समृद्धिको लागि तपाईँहरूले तीन महिना बिदा नबसेर प्रदेशलाई योगदान दिनुपर्नेछ।’

कर्णालीका अन्य कर्मचारीहरुले समेत तीन महिना बिदा पाउने छैनन्। सरकारले भैपरी आउने समस्याबाहेक अन्य समय कर्मचारीलाई बिदा नदिन सचिवाहरुलाई निर्देशन दिएको छ।

त्यस्तै अबदेखि कर्णालीका हरेक मन्त्रालयको चौमासिकमा प्रगति ४५ प्रतिशत अनिवार्य गर्नुपर्ने भएको छ।

मन्त्रालयको प्रगतिका आधारमा आगामी ३ महिनाको कार्यसम्पादनका आधारमा मन्त्री र सचिवको कार्यक्षमताको मूल्याङ्कन हुने छ।

आर्थिक वर्षको अन्त्यमा मन्त्रालयको प्रगति कमजोर जनतालाई धोका दिने प्रवृत्तिको अन्त्य गर्न प्रदेश सरकारले मन्त्रालयको प्रगति ४५ प्रतिशत अनिवार्य हुनुपर्ने नैतिक प्रावधान गराउन बनाएको छ।

प्रकाशित: Dec 01, 2019| 13:53 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।