मंगलबार, भदौ २, २०८३

कास्की–२ बाट विद्या भट्टराई निर्वाचित

उपनिर्वाचन अन्तर्गत कास्की क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन्।
 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

कास्की- उपनिर्वाचन अन्तर्गत कास्की क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन्।

भट्टराईले नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई पराजित गरेकी छन्। भट्टराईले कुल २४ हजार ३ सय ९४ मत प्राप्त गरिन्।

उनले प्रतिद्वन्द्वी पौडेललाई ८ हजार ४ सय ३ को मतान्तरले पराजित गरेकी छन्।

कांग्रेस उम्मेदवार पौडेलले १५ हजार ९ सय ९१ मत प्राप्त गरे।

जम्मा ७१ हजार ८ सय ७१ मतदाता रहेको कास्की क्षेत्र नम्बर २ मा ४५ हजार ५ सय ४६ मत खसेको थियो। निर्वाचन आयोगका अनुसार ६ सय मत बदर भएको छ।

प्रकाशित: Dec 01, 2019| 13:27 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।