मंगलबार, भदौ २, २०८३

कास्की-२ मा नेकपाकी विद्याको जित पक्का

८ हजार चार सय ३१ मत गन्न बाँकी रहँदा उनले कांग्रेस उम्मेदवार खेमराज पौडेल भन्दा ८ हजार ५ सय ३६ मतले अग्रता लिएकी छन्।
 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

काठमाडौं - प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत कास्की २ मा नेकपा उम्मेदवार विद्या भट्टराईको जित पक्का भएको छ। ८ हजार चार सय ३१ मत गन्न बाँकी रहँदा उनले कांग्रेस उम्मेदवार खेमराज पौडेल भन्दा ८ हजार ५ सय ३६ मतले अग्रता लिएकी छन्।

पछिल्लो मत गणना परिणामअनुसार नेकपाकी विद्या भट्टराईले २० हजार ७ सय ९७ मत ल्याएकी छन् । कांग्रेसका पौडेलको १२ हजार २ सय ६१ मत छ ।

अब पोखरा महानगरपालिकाको वडा नम्बर ४, ७, ८ वडाको मत गन्न बाँकी छ । शनिबार भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको थियो ।

समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले १ हजार ५ सय ३ मत प्राप्त गरेका छन्। त्यस्तै साझा पार्टीकी उम्मेदवार रजनी केसीले ६ सय २६ मत मत प्राप्त गरेकी छन्।

कास्की–२ बाट नेकपाबाट विजयी तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त स्थान रिक्त थियो । नेकपा उम्मेदवार विद्या भट्टराई रवीन्द्रकी पत्नी हुन् ।

प्रकाशित: Dec 01, 2019| 11:59 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।