मंगलबार, भदौ २, २०८३

विवाहपञ्चमीमा हेलिकोप्टरबाट पुष्पवृष्टि

रामजानकी विवाहपञ्चमीको अवसरमा जनकपुरमा फूलको वर्षा गरिएको छ। बाह्रबिघा मैदानमा विवाहपूर्व भगवान राम र सीताको स्वयंभर विधि चलिरहँदा हेलिकप्टरले फूलको वर्षा गरिएको हो।
 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

जनकपुरधाम- रामजानकी विवाहपञ्चमीको अवसरमा जनकपुरमा फूलको वर्षा गरिएको छ। बाह्रबिघा मैदानमा विवाहपूर्व भगवान राम र सीताको स्वयंभर विधि चलिरहँदा हेलिकप्टरले फूलको वर्षा गरिएको हो।

नेपाली सेनाको हेलिकोप्टरले बाह्रबिघाका साथै जानकी मन्दिर र राम मन्दिर क्षेत्रमा आकाशबाट फूलको वर्षा गरेको छ। त्रेता युगमा राम र सीताको विवाह हुँदा आकाशबाट फूलको वर्षा भएको पौराणिक मान्यताअनुसार विवाहपञ्चमीको दिन फूलको वर्षा गरिन्छ।

यसअघि राम मन्दिरबाट भगवान रामको डोलासहित भारतको अयोध्याबाट आएका जन्ती बाह्रबिघा मैदान पुगेका थिए।

त्यसैगरी जानकी मन्दिरबाट समेत जानकीको डोला बाह्रबिघा मैदान पुगेपछि स्वयंभर कार्यक्रम भएको छ। जानकी मन्दिरबाट सीताको डोला बाह्रबिघा मैदान लानुपूर्व नेपाली सेनाको टुकडीले मंगलधुन बजाएको थियो।

बाह्रबिघा मैदानमा स्वयंभर विधिपछि शोभा यात्रा निकालिएको छ। शोभा यात्रामा विभिन्न सरकारी कार्यालय, संघसंस्था, मठ मन्दिरसहित सयभन्दा बढी संख्यामा झाँकी सहभागी भएको थियो।

बाह्रबिघा मैदानबाट सुरु भएको शोभा यात्रा रामानन्द चोक, पिडाडी चोक, मिल्स एरिया, भानु चोकलगायतका स्थान हुँदै नगर परिक्रमापश्चात जानकी मन्दिर पुगेको छ। राति मिथिला परम्पराअनुसार राम र सीताको वैवाहिक कार्यक्रम हुनेछ।

स्वयंभर तथा शोभा यात्रामा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, धनुषाका प्रमुख जिल्ला अधिकारी, जानकी मन्दिरका महन्त रामतपेश्वर दास, पुजारी रामरोशन दास, सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधि, भारतबाट आएका विशिष्ठ साधुसन्त, हजारौंको संख्यामा तिर्थालुहरुको सहभागित थियो।

प्रकाशित: Dec 01, 2019| 10:21 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।