सोमबार, भदौ १, २०८३

पिपरामा नेकपाको अग्रता, राजपा तेस्रो स्थानमा

 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

जनकपुरधाम। महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष पदको लागि निर्वाचनको मतगणनामा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ। केहीबेर अघिसम्म नेकपालाई उछिनेर अग्रता बनाएको राजपा अहिले तेस्रो स्थानमा पुगेको छ भने नेकपाले पुनः अग्रता कायम गरेको छ।

पिपरामा नेकपा, राजपा, समाजवादी पार्टी र नेपाली कांग्रेसबीच झिनो मतको अन्तर देखिएको छ।

पछिल्लो मत परिणामअनुसार नेकपाका विक्रम चौधरीले २ हजार ८ सय ३, नेपाली कांग्रेसका विजय यादव र समाजवादी पार्टीका रामजानकी यादवले समान १००७, राजपाकी रविता चौधरीले २ हजार ५ सय ४४ र जनमत पार्टीकी अञ्जु मण्डलले ४७६ मत प्राप्त गरेका छन्।

पिपरामा खसेको १२ हजार ४०६ मत मध्ये हालसम्म १० हजार ४२ मतगणना भइसकेको बताइएको छ।

प्रकाशित: Dec 01, 2019| 09:43 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।