सोमबार, भदौ १, २०८३

बागलुङ प्रदेशसभामा कांग्रेसकाे अग्रता कायमै (अपडेट)

कांग्रेसका उम्मेदवार जित शेरचनले  १ हजार ६ सय २७ मत पाएका छन्।
 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

बागलुङ - प्रदेश सभा सदस्यका लागि शनिबार भएको उपनिर्वाचनमा बागलुङ २ ‘ख’ कांग्रेस उम्मेदवारले अग्रता लिएका छन्।

मतगणनाको पछिल्लाे नतिजाअनुसार कांग्रेसका उम्मेदवार जित शेरचनले १ हजार ६ सय २७ मत पाएका छन्। वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीले १ हजार ५ सय ४६ मत ल्याएका छन्। 

समाजवादी पार्टीका अशोक विकले  ८२ मत पाएका छन्।

ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङ, निसीखोला १ र तमाखोला १ को मत गणना सकिएकाे जिल्ला निर्वाचन कार्यालयले जनाएकाे छ। ३५ हजार १ सय ८४ मतदाता रहेको बागलुङमा २१ हजार ४ सय मत खसेको छ।

अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट राजमोका टेकबहादुर घर्ती निर्वाचित भएका थिए।,उनको निधन भएपछि सो क्षेत्रको प्रदेशसभा सदस्य पद रिक्त भएको हो। 

प्रकाशित: Dec 01, 2019| 08:49 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।