सोमबार, भदौ १, २०८३

कास्कीमा विद्यालाई साढे ७ हजार मतको अग्रता

कास्की क्षेत्र नं २ मा भएको प्रतिनिधिसभा सदस्यको उप निर्वाचनमा जारी मतगणनामा नेकपा उम्मेदवार विद्या भट्टराईले लगातार अग्रता बढाउँदै गएकी छन्।
 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

कास्की- कास्की क्षेत्र नं २ मा भएको प्रतिनिधिसभा सदस्यको उप निर्वाचनमा जारी मतगणनामा नेकपा उम्मेदवार विद्या भट्टराईले साढे ७ हजार मतको अग्रता लिएकी छन्।

पछिल्लो पटक सार्वजनिक गरिएको विवरणमा २५ हजार ५३३ मत गणना हुँदा विद्याले १५ हजार ५०५ मत प्राप्त गरेकी छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ७ हजार ८०७ मत प्राप्त गरेका छन्।

समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले जम्मा ९०२ मत प्राप्त गरेका छन्।

त्यस्तै साझा पार्टीकी उम्मेदवार रजनी केसीले ३६८ मत प्राप्त गरेकी छन्।

२१ जना उम्मेदवार रहेको सो क्षेत्रमा कतिपय उम्मेदवारले अहिलेसम्म १ मत पनि प्राप्त गरेका छैनन्। थुप्रै उम्मेदवारको मत १० भन्दा कम रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: Dec 01, 2019| 08:15 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।