सोमबार, भदौ १, २०८३

बलात्कार आरोपी सिद्धबाबा आईसीयू भर्ना

बलात्कार प्रयासको आरोपमा पक्राउ पूर्जी जारी भएपछि सिद्धबाबा भनिने कृष्णदास गिरी आइसियुमा भर्ना भएका छन्।
 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

इटहरी– सुनसरीको चतरास्थित आफ्नै आश्रममा महिला अनुयायीमाथि बलात्कार प्रयासको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी विराटनगरको विराट नर्सिङ होमको आईसीयूमा भर्ना भएका छन् ।

घटना अनुसन्धानका लागि पक्राउ गर्न सुनसरी प्रहरी टोलीको नेतृत्व गर्दै विराटनगर आएको डीएसपी विनोद शर्माको टोलीले आईसीयू भर्नापछि गिरीलाई पक्राउ गर्न सकेको छैन। गत कात्तिक ४ गते बलात्कार गरेको भन्दै एक महिला अनुयायीले प्रहरीमा उजुरी दिएकी थिइन्।

सिद्धबाबा बिहीबार विराटनगरको विराट नर्सिङ होममा उपचारका लागि भर्ना भएका थिए । उनलाई छाती, मुटु तथा प्रोस्टेट तथा मिर्गौलाको पत्थरीले समस्या बनाएको अस्पतालले बताउँदै आएको थियो। गाइनो वार्डको ५ नम्बर डिलक्स रुममा राखेर उनको उपचार भइरहेको थियो ।

आइतबार (आज) एकाएक मुटु र छातीमा समस्या बढेको भन्दै उनलाई बिहान ११ः३० बजे आईसीयूको १० नम्बर बेडमा भर्ना गरिएको अस्पतालका प्रशासन प्रमुख पदम विनारीले बताए ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरी नेतृत्वको चिकित्सक टोलीले सिद्धबाबाको उपचार गरिरहेको छ । विनारीले बोल्न नसक्ने अवस्थाका सिद्धबाबाको स्वास्थ्य गम्भीर रहेको बताएका छन्। ‘‘अवस्था नाजुक बनेकाले आईसीयूमै भर्ना गर्नुपर्ने अवस्था आयो,’ उनले भने, ‘अहिले उहाँ खतरामुक्त हुनुहुन्न ।’

आईसीयूमा भर्ना हुनु केही बेरअघि संचारकर्मीसँग कुरा गर्दै सिद्धबाबाले अडियो रेकर्डमा सुनिने आवाज आफ्नो नभएको जिकिर गर्दै यसको सत्यतथ्य छानबिन गरेर वास्तविकता पत्ता लगाउन आग्रह गरेका थिए ।

प्रकाशित: Dec 01, 2019| 07:56 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।