बिहीबार, असार ३२, २०८३

१३ औं साग : पुरुष भलिबलमा पनि भारत फाइनलमा

साविक विजेता भारतले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत पुरुष भलिबलमा पनि फाइनलको यात्रा तय गरेको छ।
 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

काठमाडौं- साविक विजेता भारतले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत पुरुष भलिबलमा पनि फाइनलको यात्रा तय गरेको छ।

आइतबार बिहान भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३–१ सेटले पराजित गर्दै भारत फाइनल पुगेको हो। सुरुका दुई सेट लगातार जितेको भारतले तेस्रो सेट भने गुमाउन पुग्यो। भारतले पहिलो सेट २७–२५ र दोस्रो सेट २५–१९ ले जित्दा तेस्रो सेट २१–२५ले गुमाउन पुग्यो।

निकै प्रतिस्पर्धात्मक बनेको चौथो सेट भारतले २५–२१ ले आफ्नो पक्षमा पारेपछि खेल जितेको हो।

चौथो सेटमा दुवै टिमले १२–१२, १४–१४, १५–१५ र १६–१६ बराबरी खेल्दा खेल निकै प्रतिस्पर्धात्मक भए पनि श्रीलंका २१ अंकमै समेटियो।

यससँगै भारतले उपाधिका लागि बंगलादेश र पाकिस्तानको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

भारत महिला भलिबलमा पनि फाइनलमा प्रवेश गरिसकेको छ। महिला भलिबलमा भारतले उपाधिका लागि मंगलबार आयोजक नेपालसँग भिड्ने छ।

प्रकाशित: Dec 01, 2019| 07:04 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।