काठमाडौं– नेपाल नर्सिङ संघ (नान)ले निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ। आगामी पुस ९ गते हुने निर्वाचनका लागि निर्वाचन समिति प्रमुख लक्ष्मी राईले ९ बुँदे आचारसंहिता जारी गरेकी हुन्।
प्रत्येक ३ वर्षमा हुनुपर्ने संघको निर्वाचन ५ वर्षपछि हुन लागेको हो। निर्वाचनका लागि मंसिर ९ गतेसम्म संघमा दर्ता भएका सदस्यहरुले मात्र मतदान गर्न पाउनेछन्। देशभरका २१ वटा मतदान केन्द्रबाट संघको १९ औँ कार्यकालकोे लागि निर्वाचन हुँदैछ।
लामो समयसम्म निर्वाचन हुन नसक्दा विभिन्न आलोचना खेप्दै आएको संघको देशभर एकैदिन निर्वाचन हुन लागेको नेपाल नर्सिङ संघकी अध्यक्ष तारा गुरुङले बताइन्। नेपाल नर्सिङ काउन्सिलमा हालसम्म ९० हजार ८ सय १७ नर्स दर्ता भइसकेका छन्।