सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महोत्तरीको पिपरामा नेकपा र राजपाबीच रोमाञ्चक प्रतिस्पर्धा

महोत्तरीको पिपरामा नेकपा र राजपाबीच रोमाञ्चक प्रतिस्पर्धा

 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

जनकपुरधाम– महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष पदका लागि भएको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ। यसअघि राजपाले अग्रता लिएको पिपरा गाउँपालिकामा नेकपा ९८ मतले उछिनेको छ।

मतगणनामा आइतबार बिहानसम्म राजपाकी उम्मेदवार रविता चौधरीले कायम गरेको अग्रता तोड्दै नेकपाका विक्रम चौधरीले अग्रता लिएका छन्। पछिल्लो मतपरिणामअनुसार नेकपाका चौधरीले २ हजार २ सय २९ मत प्राप्त गरेका छन् भने राजपाकी चौधरीले २ हजार १ सय ३१ ल्याएकी छिन्।

यसैगरी समाजवादी पार्टीका रामजानकी यादवले १ हजार ८ सय २, नेपाली कांग्रेसका विजय यादवले ८८८ र जनमत पार्टीकी अञ्जु मण्डलले ३९५मत ल्याएकी छन्।

पिपरा गाउँपालिकामा रहेको कूल ७ वडामध्ये पाँचवटा वडाको मतगणना पूरा भइसकेको छ भने वडा नम्बर–४ पिपरा र वडा नम्बर–५ सहोर्बाको मतगणना हुन बाँकी छ।। बाँकी दुई वडाको मतगणना सकेर साँझ ५ बजेसम्म अन्तिम मतपरिणाम आउनसक्ने अनुमान गरिएको छ।

यसअघि राजपाबाट गाउँपालिका अध्यक्षमा निर्वाचित विनोद चौधरीको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो। राजपाले चौधरीकी पत्नी रवितालाई उम्मेदवार बनाएको छ।

राजनीतिक दलहरुले पिपरा गाउँपालिका निर्वाचनलाई आ–आफ्नो प्रतिष्ठाका विषय बनाएका थिए। आफ्ना दलका उम्मेदवारलाई सघाउन निर्वाचनपूर्व सबै दलका शीर्ष नेताहरु त्यहाँ पुगेर भएभरको शक्ति लगाएका थिए।

प्रकाशित: Dec 01, 2019| 07:15 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।