सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज रामजानकी विवाहोत्सव, दुलहीझैं सिँगारियो जानकी मन्दिर

आज रामजानकी विवाहोत्सव, दुलहीझैं सिँगारियो जानकी मन्दिर

त्रेतायुगका मर्यादा पुरुषोत्तम राम र जगजननी सीताको विवाह भएको मान्यतामा मनाइने विवाह पञ्चमीका लागि जानकी मन्दिरलाई बेहुलीझैँ सजाइएको छ।
 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

जनकपुरधाम- त्रेतायुगका मर्यादा पुरुषोत्तम राम र जगजननी सीताको विवाह भएको मान्यतामा मनाइने विवाह पञ्चमीका लागि जानकी मन्दिरलाई बेहुलीझैँ सजाइएको छ।

मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाहोत्सवमा मन्दिर झिलिमिली बत्तीले सजाइएको हो।

विवाहोत्सवकाे अवसरमा हरेक साँझ जानकी मन्दिरमा धार्मिक प्रवचन र झाँकी सञ्चालन हुने गरेको छ। यसको आनन्द लिन श्रद्धालुको घुइँचो लाग्ने गरेको छ। रामजानकी विवाहोत्सवको प्रमुख वैवाहिक कार्यक्रम आइतबार मनाइँदै छ।

विवाहोत्सवमा सहभागी हुन भारतका साथै नेपालका विभित्र जिल्लाबाट तीर्थालु जनकपुर पुगेका छन्। भारतको विहार, उत्तर प्रदेश, राजस्थान, पश्चिम बंगाल, गुजरात, महाराष्ट्र लगायतका राज्यबाट श्रद्धालु विवाहोत्सव हेर्न यहाँ आएपछि जनकपुरमा रौनक थपिएको छ।

विवाहोत्सवको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिन जनकपुरधाम नगर दर्शन गरिएको थियो। त्यसपछि क्रमशः फूलबारी लीला, धनुषयज्ञ, तिलकोत्सव र मटकोर मनाइएको थियो।

विवाहोत्सवको अन्तिम दिन सोमबार रामकलेवा विधि गरेलगत्तै विवाहोत्सव सकिने छ। रामकलेवा विधिमा भारतको अयोध्याबाट आएका जन्तीलाई जानकी मन्दिर परिसरमा मिथिला भोजन खुवाएर बिदाइ गर्ने परम्परा छ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले विवाहोत्सवको कार्यक्रम हेर्न जानकी मन्दिरमा घुइँचो लाग्न थालेको बताए। भारतको अयोध्याबाट भगवान राम विवाह गर्न जनकपुर पुग्दा गरिएका सम्पूर्ण विधि अनुसार विवाहोत्सव मनाइने उनको भनाइ छ।

दासले विवाहोत्सव मनाउने तयारी पूरा भइसकेको जानकारी दिए। उनका अनुसार विवाहोत्सवमा आउने साधुसन्तलाई खानपान तथा बासको व्यवस्था मिलाइएको छ। 

विवाहोत्सवमा भारतको अयोध्याका साथै विभिन्न स्थानबाट साधुसन्त जन्तीको रूपमा आउने गरेका छन्। अतिथिलाई स्वागत गर्ने मिथिलाको परम्परा रहेको भन्दै जन्ती स्वागतका लागि भव्य तयारी गरिएको दासको भनाइ छ।

मेलालाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुरक्षा व्यवस्था चुस्त बनाइएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोज यादवले जनाए।

मेलामा सुरक्षा चुस्त बनाउन र हुनसक्ने उच्छृंखल गतिविधि रोक्न विशेष सुरक्षा योजना लागू गरिएको उनको भनाइ छ।

यसैबीच, जिल्ला प्रहरी कार्यालयले विवाहपञ्चमीलाई व्यवस्थित रूपमा सम्पन्न गर्न स्थानीय युवा क्लब, नागरिक समाज तथा सञ्चारकर्मीसँग छलफल गरेको छ।

छलफलमा दिइएको सुझावका आधारमा जनकपुर नगर क्षेत्रभित्र विवाहपञ्मीलाई मध्यनजर गरी मंसिर १८ देखि २० गतेसम्म मासु तथा मदिरा बिक्री वितरणमा रोक लगाइएको प्रहरी कार्यालयले जनाएकाे छ।  

प्रकाशित: Dec 01, 2019| 06:25 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।