सोमबार, भदौ १, २०८३

दाङ ३ 'ख' मा नेकपाकी खत्री २६९५ मतले अगाडि ( अपडेट)

मत गणना परिणामअनुसार खत्री कांग्रेसका केशवराज शर्माभन्दा २६९५ मतले अगाडि छिन्।
 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

काठमाडौं - दाङ ३ ख मा नेकपा उम्मेदवार विमला खत्रीले दुई हजार ६ सय ९५ मतले अग्रता लिएकी छन्।

पछिल्लाे  मत गणना परिणामअनुसार खत्री ८ हजार ८ सय ९६ मत ल्याएर  अग्रता कायमै राखेकी छन्। यस्तै नेपाली का‌ग्रेसका केशवराज शर्माले ६२०१ मत ल्याएका छन्।  

समाजवादी पार्टीका डिल्लीबहादुर डाँगीले २९, साझा पार्टीका शिवकुमार चौधरीले ४०, राप्रपाका भूपाल राउतले ६५, राप्रपा संयुक्तका छोटिलाल थारुले ४०, नेपकिपाका सुरेश परियारले ९, नेकपा संयुक्तका हरिप्रसाद डाँगीले १२ मत ल्याएका छन्।

नेकपाबाट प्रदेशसभामा विजयी भएका उत्तरकुमार वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएकाे हाे। नेकपा उम्मेदवार विमला उत्तरकुमारकी पत्नी हुन् । 

प्रकाशित: Dec 01, 2019| 06:18 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।