सोमबार, भदौ १, २०८३

विवादले हुम्लामा मतगणना हुन सकेन

मतदान सम्पन्न भएको १५ घन्टा बितिसक्दा पनि हुम्लाको खार्पुनाथ गाउँपालिकामा मतगतणना हुन सकेको छैन।
 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

सुर्खेत- मतदान सम्पन्न भएको १५ घन्टा बितिसक्दा पनि हुम्लाको खार्पुनाथ गाउँपालिकामा मतगतणना हुन सकेको छैन।

आयोग र दलहरूबीच विवाद भएकाले मतगणना हुन नसकेको हो।

दलहरूले वडागत रुपमै मतगणना हुनुपर्ने अडान राखेका छन् भने मुख्य निवार्चन अधिकृतको कार्यालयले संयुक्त रुपमा मतगणना हुनुपर्ने बताएको छ। “आचार संहिताले प्रत्येक वडाको छुट्टाछुट्टै गर्ने व्यवस्था गरेको छैन, हामीले दुई–दुई वडाको मिलाएर मतगणना गरौं भनेका छौं,” जिल्ला निर्वाचन कार्यालय, हुम्लाका प्रमुख महेश शर्माले भने, “सर्वदलीय बैठक बोलाएका छौं, दलहरू सहमतिमा आए मतगणना सुरु हुनेछ।”

वडामा आफ्नो शक्ति परीक्षण गर्न नसकिने भएकाले दलहरूले कारण वडागत रूपमै मतगणना गर्न माग गरेको उनको भनाई छ।

खार्पुनाथमा ८४ दशमलव ७ प्रतिशत अर्थात २ हजार ८ सय ७९ मत खसेको छ। गाउँपालिका उपाध्यक्षका लागि भएको उपचुनावमा नेपाली कांग्रेसबाट तारा शाही, नेकपाबाट रुपा शाही र राप्रपा संयुक्तबाट दिपबहादुर शाही उम्मेदवार छन्।

प्रकाशित: Dec 01, 2019| 05:34 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।