पोखरा- प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा कास्की क्षेत्र नं २ मा नेकपाले दोब्बर भन्दा धेरै मतले अग्रता लिएको छ ।
ताजा मतपरिणाम अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले कांग्रेस उम्मेदवार खेमराज पौडेलभन्दा ४ हजार ५८३ मतले अग्रता लिएकी छिन् ।
भट्टराईले ८ हजार २ सय ६५ मत पाउँदा नेपाली काँग्रेसका उम्मेदवार पौडेलले ३ हजार ६ सय ८२ पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, राप्रपाका रोम भण्डारीले १८६, समाजवादी पार्टीका धर्मराज गुरुङले १७२ मत प्राप्त गरेका छन् ।
अहिलेसम्म पोखरा महानगरपालिका वडा नं ३३ र २१ र को मतगणना सम्पन्न भएको छ ।
पोखराको सहिद चोक स्थित जिल्ला समन्वय समिती कास्कीको हलमा मतगणना जारी छ ।
हेर्नुहोस् अहिलेसम्म कुन उम्मेदवार कति मत ल्याए ?
