सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखरामा माटोको ढिस्को पुरिएर सल्यानका पाँच मजदुरको मृत्यु

पोखरामा माटोको ढिस्को पुरिएर सल्यानका पाँच मजदुरको मृत्यु

पोखरामा महानगरपालिका–१२ मौजामा सडक खन्ने क्रममा बाटोको ढिस्कोमा पुरिएर सल्यानका पाँच मजदुरको ज्यान गएको छ।
 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

सुर्खेत– पोखरामा महानगरपालिका–१२ मौजामा सडक खन्ने क्रममा बाटोको ढिस्कोमा पुरिएर सल्यानका पाँच मजदुरको ज्यान गएको छ।

ज्यान गुमाउनेमा सल्यानको बागचौर नगरपालिका–४, पेदीखोलाका, जीतबहादुर बस्नेत, खिमलाल ओली, गणेश ओली तोवान बस्नेत र जोगेन्द्र बुढाथोकी छन्।

उनीहरू पोखराको मणिपाल अस्पताल–रयालेचौर–मौजा बिसौना–सिक्लेस–मनाङ सडकखण्डमा गत भदौंदेखि काम गर्दै आएका थिए।

घटनास्थलमै रहेका वडाअध्यक्ष सिमबहादुर गुरुङका अनुसार सबैको शव ढिस्कोबाट निकालिएको छ। शव परीक्षणका लागि गण्डकी अस्पताल लैजानै तयारी भएको उनले बताए। “हामीले सल्यान बागचौर नगरपालिकाका मेयरसँग समन्वय गरेका छौं, उहाँले नै परिवारजन लिएर आउने कुरा भएको छ,” वडाअध्यक्ष गुरुङले टेलिफोनमा भने, “आफन्त आएपछि मात्रै शव परीक्षण हुनेछ।”

उनीहरूसँगै काम गरिरहेका खिमलाल बस्नेत भने भागेर बाँच सफल भएका छन्। उक्त सडकखण्डमा १ सय ७६ मजदुर कार्यरत रहेको वडाअध्यक्ष गुरुङले जानकारी दिए।

प्रकाशित: Dec 01, 2019| 04:52 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।