सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपनिर्वाचन : धरानमा तीन वडाको मतगणना सकियो, नेकपा १७ मतले अगाडि

उपनिर्वाचन : धरानमा तीन वडाको मतगणना सकियो, नेकपा १७ मतले अगाडि

धरान उपमहानगरपालिकाकाे मेयर पदका लागि भएको उपनिर्वाचनको मतगणना चलिरहेको छ।
 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

इटहरी– शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत धरान उपमहानगरपालिकामा मेयर पदको मतगणना चलिरहेको छ।

निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार १८, १९ र २० वडाको गणना सम्पन्न भएको छ। जसमा नेकपाका उम्मेदवार प्रकाश राईले २३ सय ९ मत ल्याएका छन् भने नेपाली कांग्रेसका तिलक राईले २२ सय ९२ मत ल्याएका छन्। 

आफ्नो पकड क्षेत्रका वडामा नेकपा १७ मतको मात्रै अग्रता भएपछि नेकपा नेता–कार्यकर्तामा चिन्ता देखिएको छ।

निर्वाचन अधिकृत उप्रेतीका अनुसार अहिले वडा नम्बर १७ को मतगणना चलिरहेको छ।

मतगणना शनिबार मध्यरातदेखि सुरु भएको हाे।

प्रकाशित: Dec 01, 2019| 03:06 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।