सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कास्की–२ मा नेकपाको अग्रता, विद्या ११ सय ६८ मतले अगाडि

कास्की–२ मा नेकपाको अग्रता, विद्या ११ सय ६८ मतले अगाडि

निकै चासोका साथ हेरिएको कास्की क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता लिएकी छन् ।
 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

कास्की- निकै चासोका साथ हेरिएको कास्की क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता लिएकी छन् ।

आइतबार बिहानको ताजा मतपरिणाम अनुसार भट्टराई कांग्रेसका उम्मेदवार खेमराज पौडेलभन्दा ११ सय ६८ मतले अगाडि देखिएकी छिन् ।

पोखरा ३३ को मतगणना सम्पन्न हुँदा नेकपाका उम्मेद्वार कांग्रेस उम्मेदवार भन्दा ११ सय ६१ मतले अगाडि देखिएकी हुन् ।

आइतबार बिहान दिइएको जानकारी अनुसार नेकपाकी उम्मेदवार भट्टराईले ३२ सय ७६ मत पाएकी छन् भने कांग्रेसका उम्मेदवार पौडेलले २१ सय १५ मत प्राप्त गरेका छन् । समाजवादीले ९५, राप्रपाले ४७, साझाले ३५, नेपाली कांग्रेस बिपिले ७ मत प्राप्त गरेको छ ।

वडा नम्बर ३३ मा ५ हजार ६ सय ४२ मत खसेको थियो । यसमध्ये ५१ मत बदर भएको छ । त्यहाँ ७ हजार ९ सय ९१ कुल मतदाता थिए ।

मतगणना पोखराको सहिद चोक स्थित जिल्ला समन्वय समिती कास्कीको हलमा जारी छ।

शनिबार राती साढे १० बजे नै सुरु गरिने भनिएको मतगणना आइतबार बिहान १ः४० बजे सुरु भएको थियो । मतदान केन्द्रबाट उठाइको मुचुल्का जानकारी नगराइए पछि पहिलो विवाद सुरु भएको थियो ।

प्रकाशित: Dec 01, 2019| 02:03 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।