मंगलबार, चैत १०, २०८२

सागको उद्घाटन आज : २६ खेलमा प्रतिस्पर्धा हुने

बहुप्रतिक्षित दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण आज (आइतबार )बाट औपचारिक रुपमा सुरु हुँदैछ । २० वर्षपछि नेपालमा हुन लागेकाे खेलमा ....
 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

काठमाडौं- बहुप्रतिक्षित दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण आज (आइतबार )बाट औपचारिक रुपमा सुरु हुँदैछ ।

National life

आज साँझ ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेसँगै १३औं संस्करणले औपचारिकता पाउनेछ।

आजबाट मंसिर २४ गतेसम्म गरी कुल १० दिन चल्ने यस सागका खेलहरु काठमाडौं, पोखरा र जनकपुर गरी तीन सहरमा आयोजना हुँदै छ। यस खेलकुदमा २६ खेलको सहभागिता रहेको छ।

काठमाडौं मा २१, पोखरामा ८ र जनकपुरमा १ खेल आयोजना हुनेछन। प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र भुटान गरी ७ सहभागी ७ राष्ट्रका खेलाडीले ३ सय २४ स्वर्ण, ३ सय २४ रजत र ४ सय ८७ कांस्य गरी कुल १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।

सागमा खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी कुल ३ हजार ७ सय ९ जना सहभागी हुँदै छन्। जसअन्तर्गत सातै देशका सहभागी खेलाडीको संख्या २ हजार ९ सय र ७ सय ६९ अफिसियल रहेका छन्।

Laxmi sunrise bank
kumari

सागमा नेपालबाट सर्वाधिक ५ सय ९४ खेलाडीले सहभागिता जनाउनेछन्। त्यस्तै व्यवस्थापक तथा प्रशिक्षक गरी एक सय ८६ जना पनि सहभागी हुनेछन्।

नेपालमा सागको आयोजना २० वर्षपछि हुन लागेको हो । यसअघि सागका पहिलो खेल नेपालमै सन् १९८४ मा भएको थियो भने सन् १९९९ मा नेपालले दोस्रो पटक साग आयोजना गर्ने अवसर पाएको थियो । जुन प्रतियोगिताको आठौं संस्करण थियो।

 

प्रकाशित: Dec 01, 2019| 01:28 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।