बिहीबार, असार ३२, २०८३

साग: नेपाल महिला भलिबल टोली फाइनल प्रवेश

नेपाल १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

काठमाडौं-  नेपाल १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ।

शनिबार साँझ भएको खेलमा नेपालले श्रीलंकालाई २५-१४, २५-१८ र २५-२१ को सोझो सेटमा पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो।

सुरुका दुई सेटमा एक पटक पनि अग्रता लिन नसकेको श्रीलंकाले अन्तिम सेटको सुरुवाती चरणमा अग्रता लिए पनि नेपालले १३ अंकबाट सुरु गरेको अग्रता लगातार कायम नै राख्यो।

प्रतियोगिताको उपाधिका लागि नेपाल भारतसँग भिड्ने छ।

यस अघि भारतसँग समूह चरणमा पराजय भोगेको नेपालको भेट फाइनलमा फेरि भारतसँग हुने भएको छ।

माल्दिभ्सलाई सोझो सेटले पराजित गर्दै भारत फाईलनमा प्रवेश गरेको हो। भारतले २५-१४, २५-६ र २५- १७ ले माल्दिभ्सलाई पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो।

प्रकाशित: Nov 30, 2019| 19:13 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।