प्रदेश १ का स्थानीय तहको उपनिर्वाचनमध्ये तीन वडा अध्यक्षको चुनावी परिणाम सार्वजनिक भएको छ।
खोटाङको साकेला गाउँपालिका- ३, संखुवासभाको खादवारी नगरपालिका- ३ र भोजपुरको पौवादुम्मा गाउँपालिका- १ मा नेकपाका उमेदवार निर्वाचित भएका छन।
साकेला ३ मा नेकपाकी शिवकला राई ३९१ मत सहित निर्वाचित भएकी छिन। नेपाली काङ्ग्रेसका प्रतिस्पर्धी सुक्र कुमार तामाङलाई १७ मतान्तरले हराउँदै राई निर्वाचित भएकी हुन।
यस्तै, संखुवासभाको खादवारी नगरपालिका- ३ मा ७९६ मत ल्याएर भरतकुमार घिमिरे निर्वाचित भएका छन। ४६७ मत ल्याएका नेपाली काङ्ग्रेसका विक्रम गुरुङलाई पराजित गर्दै घिमिरे निर्वाचित भएका हुन।
यस्तैगरी, भोजपुरको पौवादुम्मा १ मा ६९१ मत ल्याएर जितेन्द्र राई निर्वाचित भएका छन। २५४ मत ल्याएका काङ्ग्रेसका समर बहादुर कार्कीलाई पराजित गर्दै राई निर्वाचित भएका छन।
प्रदेश १ का तीन स्थानीय निकाय प्रमुख र ७ वडा अध्यक्ष सहित १० जनप्रतिनिधि चुन्न आज निर्वाचन भएको थियो।