सप्तरीको छिन्नमस्ता–७ मा नेकपालाई हराउँदै राजपाका उम्मेदवार निर्वाचित भएका छन् । राजपाकी प्रमिलादेवी यादवले नेकपाका उम्मेदवार अक्षयलाल यादवलाई ११ मतले पराजित गरेकी हुन् ।
प्रमिलाले ५४० मत ल्याएकी छिन् भने अक्षयले ५२९ मत प्राप्त गरेका छन् । छिन्नमस्ता–७ मा राजपा र समाजवादी पार्टीले गठबन्धन बनाएर चुनाव लडेका थिए।
यसैगरी छिन्नमस्ता–७ को उपनिर्वाचनमा नेपाली कांग्रेसले १५ र जनमत पार्टीले ११ मत प्राप्त गरेको छ ।
यसअघि राजपाबाट निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि त्यहाँ उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा वडाअध्यक्षमा निर्वाचित प्रमिला प्रभाकारकी श्रीमती हुन् ।