आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्लाहीको हरिपुर्वामा समाजवादी निर्वाचित, नेकपाले गुमायो

सर्लाहीको हरिपुर्वामा समाजवादी निर्वाचित, नेकपाले गुमायो

सर्लाहीको हरिपुर्वा– १ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका छन्।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

सर्लाही– सर्लाहीको हरिपुर्वा– १ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका छन्।

यसअघि हरिपुर्वा वडा नम्बर १ का वडाअध्यक्षमा निर्वाचित नेकपाका इसाक अंसारीको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।

हरिपुर्वा गाउँपालिकाको वडा नम्बर १ को वडा अध्यक्षको लागि भएको उपनिर्वाचनमा समाजवादी पार्टीका श्यामबाबु राय निर्वाचित भएका हुन् ।
राय ३४७ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका रामविश्वास रायले ३२८ मत प्राप्त गरेका छन् ।

यसैगरी नेकपाले पनि ३२८, जनमत पार्टीले ५२ र नेपाली कांग्रेसले २३ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।

उपनिर्वाचनमा इसाकका छोरा दोस मोहम्मद अंसारी नेकपाबाट चुनाव लडेका थिए ।

प्रकाशित: Nov 30, 2019| 15:59 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।