आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कुमाख-५, थबाङ- १ र पुनर्वास– ३ मा नेकपाका उम्मेदवार निर्वाचित

कुमाख-५, थबाङ- १ र पुनर्वास– ३ मा नेकपाका उम्मेदवार निर्वाचित

सल्यानको  कुमाख गाउँपालिका-५, कञ्चनपुरको पुनर्वास नगरपालिका- ३ र रोल्पाको थवाङ गाउँपालिका-१ को वडा अध्यक्षमा नेकपाका उम्मेदवार निर्वाचित भएका छन् ।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

काठमाडौ‌- सल्यानको  कुमाख गाउँपालिका-५, कञ्चनपुरको पुनर्वास नगरपालिका- ३ र रोल्पाको थवाङ गाउँपालिका-१ को वडा अध्यक्षमा नेकपाका उम्मेदवार निर्वाचित भएका छन् ।

कुमाख गाउँपालिका-५ को वडा अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का धर्मे बुढाथोकी (ज्वाला) निर्वाचित भएका छन्।

बुढाथोकीले ७९२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्कबहादुर बोहराले २५१ मत प्राप्त गरे।

सो वडामा राप्रपाका गोपाल शाहले २१ मत ल्याएका छन्।

६० मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ।

कुल १ हजार ८३९ मतदाता सो वडामा १ हजार १२४ जनाले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले जानकारी दिए।

तत्कालीन वडा अध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि वडा अध्यक्ष पद खाली भएकाले उपनिर्वाचन भएको हो।

यसअघि नै नतिजा सार्वजनिक भएको रोल्पाको थबाङ-१  मा नेकपाका जनकबहादुर बुढा मगर र कञ्चनपुरको पुनर्वास नगरपालिका–३ को वडाध्यक्षमा पनि नेकपाकै कृष्णबहादुर तामाङ विजयी भएका छन्।

थबाङ गाउँपालिका–१ को वडाअध्यक्षमा नेकपाका उम्मेद्वार जनकबहादुर बुढा मगर निर्वाचित भएका हुन् । उनले १७४ मत प्राप्त गरे भने नेपाली कांग्रेसका उम्मेद्वार कलमबहादुर रोकामगरले २६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिए।

कुल एक हजार २७४ मतदातामध्ये २०९ मत खसेको थियो । जसमा ९ मत बदर भएको छ।  

पुनर्वासमा नेकपाका उम्मेद्वार कृष्णबहादुर तामाङ विजयी भएका छन्। उनले ५२८ मत पाउँदा निकटम प्रतिद्वन्द्वी कांग्रेसका दीपबहादुर तामाङले ३१० मत पाएका छन्।  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका पदमबहादुर शाहीले ७ र समाजवादी पार्टीका भीम बहादुर पाख्रिनले ७५ मत पाएका छन्। ४ मत बदर भएको छ। आज भएको मतदानमा ९ सय २४ मत खसेको थियो।

 

प्रकाशित: Nov 30, 2019| 15:23 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।