हुम्ला- हुम्लाको खार्पुनाथ गाउँपालिकामा ८४ प्रतिशत मतदान भएको छ। कुल ३ हजार ३ सय ८७ मतदाता रहेको खार्पुनाथमा ८४ दशमलव ७ प्रतिशत अर्थात् २ हजार ८ सय ७९ मत खसेको छ।
पाँचवटा मतदान केन्द्र रहेको खार्पुनाथको वडा नम्बर १ को मालिका मावि केन्द्रमा ७ सय ९९, वडा नम्बर २ को शंकर आधारभुत विद्यालयमा ३ सय ७३, वडा नम्बर ३ को हुम्ला मावि केन्द्रमा ४ सय ५८, नम्बर ४ को सीता मावि केन्द्रमा ५ सय ५२ र मान्धारा मावि भकुण्डा केन्द्रमा ६ सय ८७ खसेको छ।
उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा जिल्ला निर्वाचन कार्यालय हुम्लाका महेश शर्माका अनुसार त्यहाँ भोलि बिहानदेखि मात्रै मतगणना हुने भएको छ। सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको थियो।