सोमबार, कात्तिक २, २०८३

खार्पुनाथ गाउँपालिकामा ८४ प्रतिशत मतदान

हुम्लाको खार्पुनाथ गाउँपालिकामा ८४ प्रतिशत मतदान भएको छ। कुल ३ हजार ३ सय ८७ मतदाता रहेको खार्पुनाथमा ८४ दशमलव ७ प्रतिशत अर्थात् २ हजार ८ सय ७९ मत खसेको छ।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

हुम्ला- हुम्लाको खार्पुनाथ गाउँपालिकामा ८४ प्रतिशत मतदान भएको छ। कुल ३ हजार ३ सय ८७ मतदाता रहेको खार्पुनाथमा ८४ दशमलव ७ प्रतिशत अर्थात् २ हजार ८ सय ७९ मत खसेको छ।

पाँचवटा मतदान केन्द्र रहेको खार्पुनाथको वडा नम्बर १ को मालिका मावि केन्द्रमा ७ सय ९९, वडा नम्बर २ को शंकर आधारभुत विद्यालयमा ३ सय ७३, वडा नम्बर ३ को हुम्ला मावि केन्द्रमा ४ सय ५८, नम्बर ४ को सीता मावि केन्द्रमा ५ सय ५२ र मान्धारा मावि भकुण्डा केन्द्रमा ६ सय ८७ खसेको छ।

उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा जिल्ला निर्वाचन कार्यालय हुम्लाका महेश शर्माका अनुसार त्यहाँ भोलि बिहानदेखि मात्रै मतगणना हुने भएको छ। सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको थियो।

प्रकाशित: Nov 30, 2019| 14:03 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।