आइतबार, साउन ३१, २०८३

रोल्पाको थवाङमा नेकपा उम्मेदवार विजयी

उपनिर्वाचन अन्तर्गत रोल्पाको थवाङ–१ को वडाध्यक्षमा सत्तारुढ नेकपाका उम्मेदवार विजयी भएका छन्।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

रोल्पा- उपनिर्वाचन अन्तर्गत रोल्पाको थवाङ–१ को वडाध्यक्षमा सत्तारुढ नेकपाका उम्मेदवार विजयी भएका छन्।

नेकपाका उमेदवार जनकबहादुर बुढाले १७४ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका कलम रोकाले २६ मत ल्याएका छन्।

जम्मा २०८ मत खसेकोमा थवाङमा ९ मत बदर भएको थियो। कुल १२ सय ८८ मत मध्ये २०८ मतदाता रहेको वडामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनाव बहिस्कार गरेपछि थोरै मत खसेको थियो।

सो वडामा दुई मतदान केन्द्रमा १ सय १२ जना महिला र ९७ जना पुरुष मतदाताले मतदान गरेका हुन्।

बिहान ७ बजेदेखि मतदान सुरु भई साँझ ५ बजे मतदान सम्माप्तिको अवधिसम्म जम्मा १६ दशमलव १ प्रतिशत मात्र मतदानमा सहभागी भएको मतदान अधिकृत ऋषिराम सुवेदीले जानकारी दिए।

प्रकाशित: Nov 30, 2019| 13:50 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।