बिहीबार, असार ३२, २०८३

साग खेलकुद : महिला भलिवलमा भारत फाईनलमा प्रवेश

साविक बिजेता भारत १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलको फाईनलमा प्रवेश गरेको छ।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

काठमाडौं- साविक बिजेता भारत १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलको फाईनलमा प्रवेश गरेको छ।

पहिलो सेमिफाइनल खेलमा माल्दिभ्सलाई सोजो सेटले पराजित गर्दै भारत फाईलनमा प्रवेश गरेको हो।

भारतले २५–१४, २५–६ र २५–१७ ले माल्दिभ्सलाई पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो।

सुरुको सेटमा १४ अंक पुर्याएको माल्दिभ्सले दोस्रो सेटमा भने दोहोरो अंक छुन सकेन।

सुरुका दुई सेटमा भन्दा तेस्तो सेट निकै प्रतिष्प्रधात्मक रहे पनि एक सेट जित्न सकेन।

तोस्रो सेटमा भने माल्दिभसले पहिले दोहोरो अंक जोडेको थियो।

तेस्तो सेटमा १२ र १३ मा वरावरी खेलेको माल्दिभ्स १४–१३ मा अग्रतासमेत लिए पनि त्यसपछि भारतका सामु निरीह नै बन्यो।

दशरथ रंगशालाको कवर्डहलमा जारी खेलमा उपस्थित दर्शकहरु माल्दिभ्सको पक्षमा हुटिङ गरिरहेका थिए।

समूह ए को बिजेता भारतले उपाधिका लागि आजै हुने नेपाल र श्रीलंका बीचको दोस्रो सेमिफाइनल खेलबाट बिजेता टीमसंग भिड्ने छ।

श्रीलंका समुह ‘बी’को विजेता हो भने नेपाल समूह ए को उपबिजेता हो।

प्रकाशित: Nov 30, 2019| 13:25 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।