आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न : ६५ प्रतिशत मतदान

शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न : ६५ प्रतिशत मतदान

उपनिर्वाचनअन्तर्गत शनिबार देशका विभिन्न ठाउँमा भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

काठमाडौं- उपनिर्वाचनअन्तर्गत शनिबार देशका विभिन्न ठाउँमा भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदका लागि भएको मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

केही ठाउँमा छिटफुट घटना भए पनि कुनै क्षति नभएको आयोगले जनाएको छ।

कास्कीका २ स्थानमा बम विस्फोट भए पनि कुनै क्षति हुन पाएन भने विस्फोटको केही समयमा मतदान सूचारु भएको थियो।

निर्वाचन आयोगका अनुसार ६५.४३ प्रतिशत मतदान भएको प्रारम्भिक विवरण आएको छ।

शनिबार बेलुकाबाटै मत गणना सुरु गरिने र कतिपय स्थान विशेष गरी वडाहरूको मतगणनाको परिणाम आजै बेलुकाबाट प्राप्त हुने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

मतदान भएका सबै केन्द्रबाट मतपेटिका गणनास्थल तर्फ लगिँदैछ।

प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना जिल्ला सदरमुकाममा हुनेछ भने स्थानीय तहको मतगणना सम्बन्धित स्थानीय तहमै हुने निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित: Nov 30, 2019| 13:12 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।