आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रामजानकी विवाह महोत्सव : मटकोर सम्पन्न, भोलि वैवाहिक कार्यक्रम

रामजानकी विवाह महोत्सव : मटकोर सम्पन्न, भोलि वैवाहिक कार्यक्रम

रामजानकी विवाह महोत्सवअन्तर्गत शनिबार मटकोर विधि सम्पत्र भएको छ। मिथिला परम्पराअनुसार विवाहपूर्व मनाइने मटकोर विधि गरिएको हो।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

जनकपुरधाम- रामजानकी विवाह महोत्सवअन्तर्गत शनिबार मटकोर विधि सम्पत्र भएको छ। मिथिला परम्पराअनुसार विवाहपूर्व मनाइने मटकोर विधि गरिएको हो।

जानकी मन्दिरले जनकपुरको गंगासागर पोखरीमा आयोजना गरेको मटकोर कार्यक्रममा जानकी मन्दिरका पुजारी रामरोशन दाससहित विशिष्ट व्यक्ति एवं ठूलो संख्यामा श्रद्धालुहरुको सहभागिता रहेको थियो।

मटकोर कार्यक्रम चलिरहँदा मैथिली गीत संगीतले उपस्थित श्रद्धालुहरुलाई मनोरञ्जन प्रदान गरेको थियो।

मिथिला परम्पराअनुसार मटकोरको दिन पोखरीबाट लगिएको माटोले विवाहको दिन बेदी तयार गरिन्छ। र, सोही बेदीको सात फन्को घुमेर वैवाहिक विधि हुने गर्दछ।

गाजाबाजासहित जानकी मन्दिरबाट निस्किएको टोली मटकोर विधि गर्न गंगासागर पुगेको थियो।

यसैबीच त्रेतायुगमा भगवान राम र सीताको विवाह भएको मान्यताअनुरुप आइतबार विवाहोत्सवमको प्रमुख विधि वैवाहिक कार्यक्रम हुँदै छ।

जानकी मन्दिर प्राङ्गणमा आइतबार साँझ वैवाहिक कार्यक्रम आयोजना गरिँदैछ। वैवाहिक कार्यक्रमपूर्व बाह्रबिघा मैदानमा राम र सीताको स्वयंभर कार्यक्रम हुने जानकी मन्दिरले जनाएको छ।

प्रकाशित: Nov 30, 2019| 13:00 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।