आइतबार, साउन ३१, २०८३

कास्कीमा महिला मतदाता बढी, मतगणना आजै रातिबाट

 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

काठमाडौं– कास्की क्षेत्र नम्बर २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि भएको निर्वाचनमा करिब ६४ प्रतिशत मत खसेको छ। शनिबार सम्पन्न उपनिर्वाचनमा करिब ६४ प्रतिशत अर्थात् ४५ हजार जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ। उक्त क्षेत्रको मतदाता संख्या ७१ हजार ८ सय ७१ रहेको छ ।

उपनिर्वाचनमा पुरुषभन्दा ६ प्रतिशत अर्थात् २ हजार ७ सय जना बढी महिला सहभागिता भएको जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले बताए । उनका अनुसार महिला ५३ प्रतिशत अर्थात् २३ हजार ८ सय ५० जना र पुरुष ४७ प्रतिशत अर्थात् २१ हजार १ सय ५० जनाले मत दिएका हुन्।

आजै साँझ सर्वदलीय बैठक बसेर आजै रातिबाट मतगणना समेत सुरु गर्ने तरखरमा आफूहरु रहेको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले बताए। जिल्ला समन्वय समितिमा पहिलो चरणमा दुई ठाउँबाट मतगणना सुरु गर्ने तयारी भएकोे उनले बताए।

प्रकाशित: Nov 30, 2019| 12:42 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।