आइतबार, साउन ३१, २०८३

सल्यान उपनिर्वाचन : कुमाख- ५ मा ६१ प्रतिशत मतदान

सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षको लागि शनिबार भएको उपनिर्वाचनमा ६१ प्रतिशत मत खसेको छ।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

सल्यान- सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षको लागि शनिबार भएको उपनिर्वाचनमा ६१ प्रतिशत मत खसेको छ।

कुल मतदाताको ६१ दशमलब १२ प्रतिशत अर्थात् १ हजार १ सय २४ मत खसेको जिल्ला निर्वाचन कार्यालय सल्यानका प्रमुख हरिबहादुर बुढाथोकीले जानकारी दिए।

उनका अनुसार सरस्वती माध्यमिक विद्यालय झारकाँडामा रहेको मतदान स्थलको (क) केन्द्रमा पुरुष २ सय ८१ र महिला ३ सय १२ गरेर जम्मा ५ सय ९३ र (ख) मतदान केन्द्रमा पुरुष २ सय ४३ र महिला २ सय ८८ गरेर जम्मा ५ सय ३१ मत खसेको छ।

त्यहाँ १ हजार ८ सय ३९ मतदाता रहेका छन्। वडाध्यक्षका लागि नेकपाका धर्मे बुढाथोकी, नेपाली कांग्रेसका खड्गबहादुर बोहरा र राप्रपाका गोपाल शाह उम्मेदवार छन्।

शनिबार नै राती १० बजेसम्म मतगणनासक्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना गरिने तयारी थालिएको छ।

प्रकाशित: Nov 30, 2019| 12:17 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।