आइतबार, साउन ३१, २०८३

कर्णाली साहित्य समाज साधना सम्मान श्यामललाई

 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

सुर्खेत। कर्णाली साहित्य समाजले कर्णाली प्रदेशकै सबैभन्दा ठूलो राशिको साहित्यिक पुरस्कार स्थापना गरेको छ । ५० हजार रुपैयाँको कर्णाली साहित्य समाज कृति पुरस्कार स्थापना भएको हो ।

यस वर्ष उक्त पुरस्कार २०७५ सालमा नेपाल भरिबाट प्रकाशित भएका कृतिमध्येबाट महेश थापाले लेखेको मरीचिकालाई प्रदान गर्न लागिएको संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी अमृतद्धारा हस्तारित विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी साहित्य समाजले नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरु मध्येबाट छनोट गरेर कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार कालिकोटका बुद्धिसागरलाई प्रदान गर्न लागिएको जनाइएको छ ।

साहित्य समाजले स्थापना गरेको कर्णाली साहित्य समाज साधना सम्मान भने दैलेखका स्रष्टा कवि, निबन्धकार एवम् पत्रकार श्यामल अधिकारीलाई प्रदान गरिने बताइएको छ। श्यामल राससका अध्यक्षसमेत हुन् ।

प्रकाशित: Nov 30, 2019| 10:46 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।