बिहीबार, असार ३२, २०८३

१३ औँ सागको झण्डा पारसले होइन, कमलले बोक्ने

भोलि सुरु हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको झण्डा भारत्तोलनका खेलाडी कमल अधिकारीले बोक्ने भएका छन्।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

काठमाडौं- भोलि सुरु हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको झण्डा भारत्तोलनका खेलाडी कमल अधिकारीले बोक्ने भएका छन्।

यसअघि नेपालको झण्ड नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले बोक्ने बताइएको थियो।

शनिबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै सागको झण्डा भारोत्तोलनका खेलाडी कमल अधिकारीले बोक्ने स्पष्ट पारेका हुन्।

ओलम्पिक कमिटीले खेल अनुभव, अन्तर्राष्ट्रिय पदक र ओलम्पिक खेलमासमेत सहभागिता जनाइसकेको आधारमा कमल अधिकारीलाई झन्डा बोक्न दिने निर्णय गरेको विज्ञप्तीमा जनाइएको छ।

भारोत्तोलन खेलाडी कमलले नबौँ सागदेखि भाग लिँदै आएका छन्। त्यसपछि १० औं र ११औं सागमा पनि भाग लिएका कमल १२ औं सागमा सहभागी भएका थिएनन्।

कमलले श्रीलंकाको कोलम्बोमा सम्पन्न १०औं सागमा स्वर्ण पदक जितेका थिए। त्यस्तै उनले कोरियामा सम्पन्न २०१७ को एशियन च्याम्पियनसिपमा ३ कास्य पदक जितेका थिए।

 

प्रकाशित: Nov 30, 2019| 09:11 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।