बिहीबार, असार ३२, २०८३

डेभिड वार्नरले हाने तेहेरो सतक

पाकिस्तानविरुद्धको टेस्ट क्रिकेटमा अस्ट्रेलियाका डेभिड वार्नरले तेहेरो सतक प्रहार गरेका छन्।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

एजेन्सी- पाकिस्तानविरुद्धको टेस्ट क्रिकेटमा अस्ट्रेलियाका डेभिड वार्नरले तेहेरो सतक प्रहार गरेका छन्। डे नाईट टेस्ट क्रिेटमा सानदार ब्याटिङ गर्दै वार्नरले आफ्नो करियरको पहिलो तेहेरो सतक प्रहार गरेका हुन्।

एडिलेडको मैदानमा वार्नले पहिलो तेहेरो सतक हानेका हुन्। यसअघि डे नाईट टेस्टमा पाकिस्तानका अजहर अलीले तेहेरो सतक प्रहार गरेका थिए।

टेस्ट क्रिकेटमा तीन वर्षअघि सन् २०१६ मा भारतका करुन नायरले इङ्ल्याण्डविरुद्धको खेलमा तेहेरो सतक बनाएका थिए।

टेस्ट क्रिकेटमा यो ३१ औं तेहेरो तेहेरो सतक हो। वार्नरले ३८९ बलमा ३०० रनका जोडेका थिए। यो इतिहासको सबैभन्दा छिटो चौथो तेहेरो सतक हो। उनले ३०० रनका लागि एउटा पनि छक्का प्रहार गरेनन्।

सबैभन्दा थोरै बलमा तेहेरो सतक हान्ने ब्याट्सम्यान भारतका विरेन्द्र सेहवाग हुन्। उनले दक्षिण अफ्रिका विरुद्धको खेलमा २७८ बलमा ३०० रन जोडेका थिए।

पाकिस्तानविरुद्धको खेलमा वार्नरले ३३५ रन बनाउँदै गर्दा अस्ट्रेलियाले तीन विकेटको क्षतिमा ५८९ रन बनाएर इनिङ समाप्तीको घोषणा गरेको छ।
वार्नर ४१८ बलमा ३३५ रन बनाएर नटआउट छन्। जसमा उनले ३९ चौका र १ छक्का प्रहार गरेका छन्।

अस्ट्रेलियाका लागि मार्कस लाबुशेनले १६२ रन बनाए। दुबैजनाले दोस्रो विकेटका लागि ३६१ रन जोडे। स्टीवन स्मिथ ३६ रन बनाएर आउट भए। म्याथ्यू वाड ३८ रनमा नटआउट रहे।

पाकिस्तानले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।

प्रकाशित: Nov 30, 2019| 08:54 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।