आइतबार, साउन ३१, २०८३

उपनिर्वाचन : कहाँ कति मत खस्यो ?

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि आज भइरहेको उपनिर्वाचनमा उत्साहजनक सहभागिता देखिएको छ।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

काठमाडौं– प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि आज भइरहेको उपनिर्वाचनमा उत्साहजनक सहभागिता देखिएको छ।

३७ जिल्लामा ५२ रिक्त पदका लागि ५३७ मतदान केन्द्रमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।

कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका लागि भइरहेको मतदानमा करिब ३० प्रतिशत मतदान भइसकेको छ। सो क्षेत्रका ८२ वटै मतदान केन्द्रमा शान्तिपूर्वक मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिए।

सो क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराईले पोखरा–३३ स्थित शान्ति उदय मतदान केन्द्रबाट मतदान गरेकी छन्। 

कास्की क्षेत्र नम्बर २ स्थित पोखरा–३३, स्थित शान्ति उदय माविको मतदान केन्द्रबाट मतदान गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई।

यस्तै, साझा पार्टीकी उम्मेदवार रजनी केसीले पोखरा–४, गैरपाटनस्थित नवीन मावि मतदान केन्द्रमा मतदान गरिन्।

भोजपुरको पौवादुङमा गाउँपालिका-१, श्यामशिलामा वडाअध्यक्षका लागि भएको मतदानमा मध्याह्न १२ बजेसम्म ५६९ जनाले मतदान गरेको मतदान अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिए।

पाँचथरमा अहिलेसम्म फिदिम नगरपालिका–१ मा २५.०३, हिलिहाङ गाउँपालिका–७ मा २०.१९ र फाल्गुनन्द गाउँपालिकामा ४९.८१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत मोहन भट्टराईले बताए।

बागलुङ २ (ख) र बडिगाड गाउँपालिका–२ मा अहिलेसम्म ३० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माका अनुसार ६० देखि ६५ प्रतिशत मत खस्ने अनुमान छ। विसं २०७४ को चुनावमा ६५ प्रतिशत मत खसेको थियो।

नवलपुरको बौदीकाली गाउँपालिका-१ भइरहेकाे वडाअध्यक्षकाे उपचुनावमा २९१ मत खसेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए। उपनिर्वाचन शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको उनले बताए। 

संखुवासभाको मकालु गाउँपालिका र खाँदबारी नगरपालिका-३ मा मतदान भइरहेको छ। मकालु गाउँपालिकामा अध्यक्ष र खाँदबारी नगरपालिका-३ मा वडाध्यक्षको निर्वाचन भएको हो।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी निरीक्षक लोकराज जोशीले पुनर्वास नगरपालिका-३ मा हालसम्म ५३९ जना मतदाताले मतदान गरिसकेको बताए।

रासस

प्रकाशित: Nov 30, 2019| 08:47 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।