आइतबार, साउन ३१, २०८३

टेबल टेनिसमा दुई स्वर्ण जित्ने आशा

नेपालले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत टेबल टेनिसमा दुई स्वर्ण पदकको आशा गरेको छ।
 |  शनिबार, मंसिर १४, २०७६

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, मंसिर १४, २०७६

काठमाडौं- नेपालले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत टेबल टेनिसमा दुई स्वर्ण पदकको आशा गरेको छ।

प्रशिक्षक मोहन दास बासुकलाले टेबल टेनिसका ७ इभेन्टमध्ये डबल्स र मिक्स डबल्समा नेपालले स्वर्ण पदक जित्ने आश गरिएको बताए। अन्य इभेन्ट्समा कास्य पदकको आश गरिएको उनको भनाइ छ।

“यसपालि खेलाडीको तयारी पनि राम्रो छ, उनीहरूसँग अनुभवी पनि छन्,” उनले भने, “त्यसकारण यसपालि पदक जित्नेमा हामी आशावादी छौं।”

प्रतियोगिताको तयारीका लागि नेपाली खेलाडीले २१ दिन थाइल्याण्डमा तालिम गरेको उनले बताए।

दक्षिण एसियामा भारत बलियो टिम भएकाले प्रतियोगितामा नेपालका लागि बाधक बन्न सक्ने उनको भनाइ छ।

“पहिले नेपाल र भारतको स्तर एउटै थियो। तर, अहिले भारतले निकै प्रगति गरेको छ,” उनले सुनाए, “भारत विश्वको उत्कृष्ट आठ टिममा पर्छ।”

तर, दक्षिण एसियाली प्रतियोगितामा नेपालले स्वर्ण जितेकाले खेलाडीको आत्मविश्वास उच्च भएको उनको भनाइ छ।

अन्य देश र नेपाल खेलको स्तर भने बराबर रहेको उनको भनाइ छ।

उनका अनुसार जारी प्रतियोगिताअन्तर्गत टेबल टेनिसका खेल सोमबार सुरु हुँदैछन्।

प्रतियोगितामा नेपालका १० खेलाडी (५ पुरुष र ५ महिला)ले प्रतिस्पर्धा गर्दैछन्।

यसरी गर्दैछन् नेपाली खेलाडीले तयारी 

 

प्रकाशित: Nov 30, 2019| 06:58 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।